अनुसन्धान व्यवस्थापन एकाइ (RMC) को गठन

featured photo

अनुसन्धान व्यवस्थापन एकाइका संरक्षक एवम् प्राचार्य डा. जगन्नाथ रेग्मीको आह्वानमा २०७९/०१/०६ गते सम्पन्न विद्यापीठमा कार्यरत प्राध्यापकहरूको सभाले आगामी तीन वर्षका लागि अनुसन्धान व्यवस्थापन एकाइ गठन गरेको छ । सभामा प्राध्यापकहरूले आफ्ना धारणा राख्दै अनुसन्धान व्यवस्थापन एकाइ गठन भएको छोटो अवधिमा नै यसले महत्त्वपूर्ण कार्य गर्न सफल बनेको र आगामी दिनमा पनि अनुसन्धानका विविध गतिविधिलाई निरन्तर अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । प्राध्यापक डा. शालिग्राम सुवेदी संयोजक रहेको अघिल्लो एकाइका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापनसहित समापन भएको उक्त सभाले अनुसन्धान व्यवस्थापन एकाइको संयोजकमा सहप्रा. डा.चूडामणि कडेल र सदस्यहरूमा सहप्रा. डा. काशीनाथ कण्डेल, सहप्रा. आनन्दमणि रिजाल, उपप्रा. डा. भोलानारायण रेग्मी, उपप्रा. प्रकाश पौडेललाई चयन गरेको थियो ।