अनुसन्धानात्मक लेख लेखन विषयक कार्यशाला तथा तालिम सम्पन्न

featured photo

अनुसन्धान व्यवस्थापन एकाइ (RMC) को अयोजनामा २०७९ बैशाख १६ गते शुक्रबार विद्यापीठको सभाकक्षमा अनुसन्धानात्मक लेख लेखन विषयक कार्यशाला तथा तालिम सम्पन्न भयो । विद्यापीठको अनुसन्धान व्यवस्थापन एकाइ (RMC) का संयोजक सहप्रा. डा. चुडामणि कडेलको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा विद्यापीठका प्राचार्य एवम् अनुसन्धान व्यवस्थापन एकाइ (RMC) का संरक्षक उपप्रा. डा. जगन्नाथ रेग्मीले संसारमा निरन्तर अघि बढिरहेको खोजले अनुसन्धानमा पनि नवीन मान्यताहरू स्थापना गर्दै जान्छ, अनुसन्धानका विधि र पद्धतिमा नयाँ नयाँ मान्यता स्थापित भइरहन्छन्, अनुसन्धाता तिनीहरूसँग परिचित हुनुपर्छ, त्यसका लागि यस्ता विमर्शहरूको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने धारणा राखे । ने सं. वि. प्राध्यापक संघका उपसभापति तथा अनुसन्धान व्यवस्थापन एकाइका सदस्य सहप्रा. डा. अनन्दमणि रिजाल द्वारा स्वागत मन्तव्यका क्रममा धारणा राख्दै अनुसन्धानकार्यलार्इ गहिरो र व्यवस्थित बनाउन यस्ता कार्यशाला उपयोगी हुने विचार व्यक्त भयो । 

उपप्रा. डा. सवीन्द्रराज भण्डारी र डा. भूमिराज बस्ताकोटीद्वारा अनुसन्धान लेखनका विविध पक्ष र प्रविधिका विषयमा प्रस्तुति र कर्यकलापहरूमा सहजीकरण गरिएको थियो । विद्यापीठमा कार्यरत प्राध्यापकहरूको सहभागिता रहेको कार्यक्रमको सञ्चालन अनुसन्धान व्यवस्थापन एकाइका सदस्य सचिव उपप्रा. प्रकाश पैडेलले गरेका थिए ।