अनुसन्धानात्मक लेख लेखन विषयक कार्यशाला तथा तालिम सम्पन्न

featured photo

विद्यापीठअन्तर्गतको अनुसन्धान व्यवस्थापन एकाइ (RMC) द्वारा अयोजना गरिएको अनुसन्धानात्मक लेख लेखन विषयक कार्यशाला तथा तालिम २०७९ साउन ४ गते वुधबार विद्यापीठको सभाकक्षमा सम्पन्न भयो ।

अनुसन्धान व्यवस्थापन एकाइ (RMC) का संयोजक सहप्रा. डा. चुडामणि कडेलको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा विद्यापीठका प्राचार्य एवम् अनुसन्धान व्यवस्थापन एकाइ (RMC) का संरक्षक उपप्रा. डा. जगन्नाथ रेग्मीले अनुसन्धानमा सैद्धान्तिक भन्दा व्यावहारिक ज्ञानको बढी महत्त्वपूर्ण रहन्छ, त्यस्ता अनुभवहरूले विशेष गरी नवप्रवेशी र यस क्षेत्रमा लामो समय काम गरेका अनुसन्धाताहरूलार्इ पनि मार्गदर्शन गरिराखेका हुन्छन् । विज्ञका ती अनुभव थाहा पाउन यस्ता विमर्शहरूको भूमिका महत्त्वपूर्ण हुन्छ भन्नुभयो ।

 कार्यक्रममा सहप्रा. डा. लक्ष्मीशरण अधिकरीले अनुसन्धानात्मक लेखनका विविध पक्ष र प्रविधिका विषयमा प्रस्तुति र कार्यकलापहरूमा सहजीकरण गर्नुभएको थियो । विद्यापीठमा कार्यरत प्राध्यापकहरूको सहभागिता रहेको कार्यक्रमको सञ्चालन अनुसन्धान व्यवस्थापन एकाइका सदस्य सचिव उपप्रा. प्रकाश पौडेलले गर्नुभएको थियो ।