प्राध्यापक संघको अधिवेशन सम्पन्न

featured photo

 

प्राध्यापक संघ विद्यापीठ एकाइको दशौं अधिवेशन तथा साधारण सभा यही २०७९ श्रावण १९ र २० गते विद्यापीठमा सम्पन्न भएको छ ।

अधिवेशनको पहिलो दिन सम्पन्न प्राध्यापक संघ विद्यापीठ एकाइ समितिका सभापति सहप्रा. अम्बिकाप्रसाद भट्टराई सभापति रहनुभएको उद्घाटन सत्र नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिका उपसभापति सहप्रा. आनन्दमणि रिजालको प्रमुख आतिथ्य, विद्यापीठका प्राचार्य  उपप्रा. डा. जगन्नाथ रेग्मीको विशेष आतिथ्यमा सम्पन्न भएको थियो । प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति उपप्रा. भानुभक्त आचार्य, प्रगतिशील प्रध्यापक संघका अध्यक्ष उपप्रा. श्यामप्रसाद पौडेल, सहप्रा. सत्यराज सुवेदीले मन्तव्य राख्नुभएको कार्यक्रममा वक्ताहरूबाट विद्यापीठमा सबै विचार राख्ने प्राध्यापकहरूको सौहार्दता अनुपम रहेको र यसलाई कायम राख्दै प्राध्यापकहरूको हक हितमा सबै लाग्नुपर्ने धारणा व्यक्त भएको  थियो । एकाइ समितिका सहसचिव डा. भोलानारायण रेग्मी सञ्चालक रहेको भेलाले नयाँ कार्यसमिति तथा केन्द्रीय प्रतिनिधिको चयनका लागि आनन्दमणि रिजालको संयोजकत्वमा श्यामप्रसाद पौडेल र महेश्वर घिमिरे सदस्य रहेको निर्वाचन मण्डलको गठन गरेको थियो ।  

भेलाको दोस्रो दिन एकाइ समिति र यस एकाइबाट केन्द्रीय समितिको अधिवेशनका लागि प्रतिनिधिको सर्वसम्मत चयन  भएको घोषणा गर्दै सम्पन्न भेलाले सहप्रा. डा. चुडामणि कडेल सभापति रहेको सात सदस्यीय एकाइ समितिको गठन गरेको थियो । उक्त एकाइ समितिमा उपसभाति उपप्रा.प्रकाश पौडेल, सचिव उपप्रा. डा. भोलानारायण रेग्मी, सहसचिव उपप्रा. पशुपति दवाडी, कोषाध्यक्ष उपप्रा. दीपा शर्मा र सदस्य सहप्रा. राधाकृष्ण गैरे, सहप्रा. अम्बिकाप्रसाद भट्टराई निर्वाचित भएका थिए भने केन्द्रीय प्रतिनिधिमा सहप्राध्यापकहरू श्रीराम बराल, योगराज पौडेल, सत्यराज सुवेदी निर्वाचित भएका थिए । निर्वाचन समितिका संयोजक सहप्रा. आनन्दमणि रिजालको अध्यक्षतामा सम्पन्न घोषणा सभाको सञ्चालन निर्वाचन समितिका सदस्य सचिव उपप्रा. श्यामप्रसाद पौडेलले गरेका थिए ।